बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय


१३ असार २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटको पक्षमा समर्थन गर्न नसकिने बताए । प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् ।

सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस