निर्वाचन कार्यालय सिडिओको मातहतमा राख्ने प्रस्ताव खारेज गर्ने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निर्वाचन कार्यालय सिडिओको मातहतमा राख्ने प्रस्ताव खारेज गर्ने तयारी


१२ असार २०८०, मंगलबार


काठमाडौँ । सत्तासाझेदार दल नेपाली काँग्रेसका सांसद रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने प्रस्ताव सरकारले खारेज गर्ने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा उनले आज अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा बोल्ने र बजेटमा गरिएको उक्त प्रस्ताव खारेज गरिने जानकारी दिए ।

प्रमुख सचेतक लेखकले काँग्रेस पनि सरकारको यो कदमको विपक्षमा रहेको बताए । उनले निर्वाचन आयोगमा केही दिनअघि भएको छलफलमा पनि यो कदम सच्याउन राजनीतिक सहमति भएको उल्लेख गरे ।

“निर्वाचन आयोगमा सर्वदलीय बैठकमा यो कुरा भएको छ । त्यहाँ पनि निर्वाचन आयोगको निष्पक्षताको विषयमा सबै क्षेत्रलाई हेरेर बेग्लै र स्वतन्त्र राख्ने र तदनुरूप काम गरेर अघि बढ्ने निर्णय भएको छ, हस्ताक्षर भएको छ,” उनले भने, “आज अर्थमन्त्रीले जवाफ दिने क्रममा निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्ष बनाउन स्वतन्त्र कार्यालय अघि बढाउनुपर्छ, कुनै अन्य कार्यालय मा गाभिने छैन भनेर प्रतिबद्धता व्यक्त गर्नुहुनेछ । यो सरकारको पनि प्रतिबद्धता हुनेछ । काँग्रेस पनि यसको पक्षमा छैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस