२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौं विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पर्नु स्वास्थ्यको दृष्टिकोणले चिन्ताको विषय भएको भन्दै यस विषयमा चिन्तन गर्नु आवश्यक भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो । तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ । ’

यस्तै उनले यस विषयमा महानगरपालिकाका प्रमुख र उपप्रमुखले केही योजना बनाएको होला भन्दै यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक भएको बताए ।

‘काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ ।’ उनले भनेका छन् ‘यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौँ । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदूषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं ।’

प्रतिक्रिया दिनुहोस