४२ स्थानीय तह समयमै बजेट ल्याउन असफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४२ स्थानीय तह समयमै बजेट ल्याउन असफल


११ असार २०८०, सोमबार


काठमाडौँ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटाले समयमै बजेट ल्याउन सकेनन् । गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले दिएको जानकारी अनुसार १० असार भित्रमा ७ सय ११ स्थानीय तहले मात्र बजेट ल्याएका हुन् ।

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १० असारमै स्थानीय तहकै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

ऐनले १० असारभित्र अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने व्यवस्था गरे २९ गाउँपालिका र १३ नगरपालिकाले बजेट ल्याउन सकेनन् । समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये सबैभन्दा बढी २३ वटा पालिका मधेस प्रदेशका छन् । मधेस प्रदेशको १३६ स्थानीय तह मध्ये २३ पालिकाले १० असारमै स्थानीय तहको सभामा बजेट पेस नगरेका हुन् । ५९ गाउँपालिका रहेको मधेस प्रदेशमा १३ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै मधेस प्रदेशमा रहेका ७७ वटा नगरपालिकामध्ये ६७ वटाले मात्रै ल्याएका हुन् । चालु आवमा पनि मधेस प्रदेशमा नै बजेट पेस गर्ने समस्या देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस