जलहरी प्रकरणबारे छानबिन गर्दै अख्तियार, खाली गराइयो पशुपतिनाथ मन्दिर « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जलहरी प्रकरणबारे छानबिन गर्दै अख्तियार, खाली गराइयो पशुपतिनाथ मन्दिर


१० असार २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो ।

अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।

सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस