टापुमा फसेकाहरूको ८ घण्टापछि उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टापुमा फसेकाहरूको ८ घण्टापछि उद्धार


९ असार २०८०, शनिबार


काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका-३ स्थित बागमती नदीमा आएको बाढीका कारण टापुमा फसेकाहरूलाई ८ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

शुक्रबार साँझदेखि बाढीमा फसेका चण्डिया गाउँका तीन महिलासहित ५ जनालाई शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो । उनीहरू बागमती पारि खेत हेर्न र पशु लिएर गएका बेला लगातार वर्षा भई बाढीमा फसेका थिए ।

जिल्ला प्रहरी गौरका अनुसार नदीको बीचमा टापु जस्तै छ । उक्त टापुमा बसेर शुक्रबार साँझदेखि राजदेवी-३ चन्डियाका ५० वर्षीया रामापती देवी, ३७ वर्षीया ललिता देवी पटेल, ६० वर्षीय विलास दास र निजको दुई वटा भैँसी, ५० वर्षीया करणसिला साह र सर्लाही बलरा-२ जमुनियाका ६० वर्षीय केसर सहनलाई उद्धार गरिएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस