रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक : प्रधानमन्त्री « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक : प्रधानमन्त्री


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०८०-८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए ।

‘राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ’ उनले भने ‘आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस