वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि कुटपिट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि कुटपिट


७ असार २०८०, बिहिबार


काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वलीले कर्मचारीमाथि हातपात गरेका छन्। 

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेका हुन् । 

वडाध्यक्ष वलीमाथि कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । 

खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण मावि सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए। 

शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कविर्तक भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्। त्यसपछि वडाध्यक्ष वलीले सामुन्ने अगाडि बसेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्। 

‘स्कुलको योजनाको फाईल लिएर म कहाँ आउनु भयो छलफल गर्दै थियौ, ‘प्रमुख प्रशासकीय अधिकृत खड्काले भने-पहिला फाईल च्यात्नुभयो, अगाडी शिक्षा अधिकृत सर हुनुहुन्थ्यो उहाँलाई एक मुक्का पनि हान्नु भयो, पछि हामी कर्मचारी बसेर जिल्ला प्रशासनसँग कारवाहीको माग गरेको छौ ।’

घटनाबारे जानकारी लिन खोज्दा वडाध्यक्ष वलीको मोबाइल स्विच अफ छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस