एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न आदेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न आदेश


७ असार २०८०, बिहिबार


काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका मेयर बालेन साहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ ।

न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर साह उच्च अदालतमा पुगेका थिए ।

काठमाडौं महानगरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पान्डेका तर्फबाट संयुक्त रूपमा रिट दर्ता गरिएको छ । यसअघि नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न लिखित पत्रचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस