गाविस अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

गाविस अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


७ असार २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविस अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरुङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरिएको हो। 

पोखरा महानगर-१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। 

उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको हो।

अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडा स्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए। 

त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस