बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही


५ असार २०८०, मंगलबार


समायोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरिएको छ । 

कर्णाली प्रदेश योजना आयोगले उनीहरूलाई कारबाही गरेको हो । 

आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले मङ्गलवार पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन्।

कारबाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा नरहेका कर्मचारीलाई कारबाही गरेको जनाएको छ। 

उपाध्यक्ष शाहीले भने, ‘तल्लो तहका कर्मचारीबाट बजेट निर्माणमा आर्थिक मामिलामन्त्रीलाई दबाब र प्रभाव पार्न खोजिएको छ। ती कर्मचारीले दिएको अभिव्यक्ति र संवाद आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र हो। आर्थिक मामिलामन्त्रीको अभिव्यक्ति र प्रकाशित समाचारका लागि जिम्मेवार रहेका कर्मचारीलाई कानूनबमोजिम कारबाही गरिसकिएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस