अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध


४ असार २०८०, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवन रक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गरे ।

“बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधिहरू बजारमा उपलब्ध नभएको जनगुनासो पटक-पटक विभागमा आउने गरेकोप्रति विभागको ध्यानाकर्षण भएको छ”, उनले जारी गरेको सूचनामा भनिएको छ । 

औषधि अभाव हुन नदिनका लागि के कस्ता प्रकारका औषधिहरू कुन कुन रोगको उपचारमा अभाव भएको छ र सोको जानकारी गर्न गराउनु हुनाका साथै त्यस्ता औषधिको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत विभागमा आधिकारिक पत्र वा इमेलमार्फत सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र सङ्घसंस्थालाई अनुरोध गरिएको उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस