कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु


४ असार २०८०, सोमबार


विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । वार्ता विराटनगरको विग होटलमा जारी छ ।

सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । वार्ता समिति सदस्यमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । उनीहरू विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस