काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालीकाको भवन निर्माणका क्रममा अनियमितता भएकोबारे अनुसन्धान थालेको छ।
एक पत्र पठाउँदै आयोगले अछामको ढकारी गाउँपालिकाले भवन निर्माणका क्रममा आफू निकटका व्यापारीहरूसँग खरिद ऐन विपरीत काम गरेको भन्ने उजुरीका आधारमा प्रक्रियासहित प्रमाणित कागजातहरू १५ दिन भित्र उपलब्ध गराउन भनेको हो ।
भवन निर्माणका क्रममा आफू निकटका व्यापारीहरूसँग मिलेमतो गरी प्रतिस्पर्धा नगराएको, बलाता स्वास्थ्य चौकीको ७० लाख हिनामिना गरेको, जेसीबी खरिद तथा इन्धनका लागी छुट्याएको रकम मीलेमता गरी खाएको, विद्युत् विस्तारको रकम प्राधिकरणले दिएका समान देखाई खरिद नगरेको लगायतका बुँदा पत्रमा उल्लेख गरिएको छ ।
