पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले शनिवार पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ ।
प्रहरीका अनुसार आलियाले पीडितहरूलाई विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको अनुसन्धानमा खुलेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







