सुदूरपश्चिम प्रदेश सभा : सरकारको नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम प्रदेश सभा : सरकारको नीति तथा कार्यक्रम पारित


३० जेष्ठ २०८०, मंगलबार


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेस गर्दा बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताए ।

उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोही बमोजिमको वार्षिक बजेट तर्जुमा भइरहेको जानकारी दिए । उनले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताए ।

बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर राना मगर, गीताकुमारी चौधरीले भाग लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस