कोकाहाको पानी धरान झरेसँग मेयर हर्कको आँखाभरि आशु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोकाहाको पानी धरान झरेसँग मेयर हर्कको आँखाभरि आशु


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आफू निर्वाचित भएदेखि धरानलाई पनि खुवाउने अभियानमा लागेको थिए । धरानका जनतालाई पानी खुवाउने सपना देख्दै चुनावमा भिडेका उनी अन्ततः धरानका जनतालाई पानी खुवाउन सफल भएका छन् । उनको सपना पुरा भएको छ ।

सुख्खा याममा चारदेखि ६ महिना काकाकुलको नियति भोगेका धरानवासीले अब भने त्यो हाहाकार भोग्नु पर्ने छैन । झण्डै ४२ किलोमिटर लामो दुरी पार गरेर कोकाहा खोलाको पानी धरान आइपुगेको छ ।

खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ ।

स्वतन्त्रबाट विजयी भए लगत्तै खानेपानी अभियानलाई तीव्रता दिएका मेयर राईलाई स्वदेश र विदेशका हजारौँ दाताहरू र सङ्घसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि पठाइसकेका छन् । खानेपानीको लागि भनेर दाताहरूले रकम मात्र नदिएर जिन्सीको रूपमा पाइपसमेत खरिद गरेर दिएका छन् ।

धरान आसपासका खोला खोल्सीहरू पकुवा, निसाने र भालु खोला छान मारेर पाइप लाइनसमेत विस्तार भएका छन् । विभिन्न ठाउँमा पानी सङ्कलनका लागि इन्टेक ट्याङ्की पनि निर्माण भएका छन् । धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ । संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चार कोषे जङ्गलमा जडान गरेको पाँच वटा डिप ट्युबलेबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्ड मातहतको सात वटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ ।

खानेपानीका लागि दाताबाट सङ्कलन भएको करिब ४ करोड रुपैयाँले तीन साना खोला खोल्सीबाट पानी ल्याइएको र दुई अर्ब रुपैयाँभन्दा बढी लागतको धरान खानेपानी आयोजना पनि सञ्चालनमा रहेको भनिएको बेला धरानमा पानीको चरम अभाव हुनु प्राविधिक कमजोरी मात्र नभएर जनप्रतिनिधिको बेवास्ताका कारण भएको आरोप लाग्न थालेको छ । बोर्ड, प्रमुख हर्कराज राई, उपमहानगरपालिका र जनप्रतिनिधिमाथि नै प्रश्न गर्न थालेका छन् स्थानीय उपभोक्ताहरू ।

Tags :
प्रतिक्रिया दिनुहोस