२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज चार खेल हुँदै

अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार अन्तिम चरणको खेल आज शुरु हुँदैछ।

लिगको अन्तिम चरण अन्तर्गत शुक्रबार चार खेलहरू हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२५ खेलबाट ३० अङ्क जोडेर ११औँ स्थानमा रहेको एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तीमा बराबरीको नतिजा आवश्यकता छ। २५ खेलबाट २७ अङ्क जोडेर १३औँ स्थानमा रहेको फ्रेण्ड्सलाई पनि रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ।

यस्तै दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलमा २७ अङ्क जोडेर पुछारमा रहेको खुमलटार रेलिगेसनबाट जोगिन चर्च ब्वाईजलाई जित्नैपर्ने दबाबमा छ। चर्च ब्वाइज भने एक खेल अगावै च्याम्पियन बनिसकेको छ।

च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। पुलिस २५ खेलमा ३८ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो २५ खेलमा ३५ अङ्क पाँचौँ स्थानमा छ।

दशरथ रङ्गशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी २५ खेलमा ३१ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ भने हिमालयन २५ खेलमा ३१ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस