तोकआदेशमा भर्ना गरिएका १ सय भन्दा बढी कर्मचारी हटाउने निर्णय « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

तोकआदेशमा भर्ना गरिएका १ सय भन्दा बढी कर्मचारी हटाउने निर्णय


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राजविराज नगरपालिकाले ऐन विपरीत ज्यालादारीमा नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको छ।

नगरपालिकाले स्थानीय सञ्चालन ऐन विपरीत भर्ना गरिएका करारका कर्मचारी हटाउने निर्णय गरेको कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।

उनले प्रशासनसँग भनिन, ‘आज कार्यपालिकाको बैठक बसिरहेको छ, हामी निर्णय गर्दैछौँ, करारका अनावश्यक कर्मचारी हटाउँदै छौँ।’

आफू खुसी कर्मचारी भर्ना गरेको आरोप लाग्दै आएकी नगर प्रमुख परविनले एक सय भन्दा बढी कर्मचारी हटाउने निर्णय भएको बताइन् ।

नगरप्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी थिइन्।

सम्बन्धित समाचार : ऐनविपरीत कर्मचारी नियुक्तीबारे आन्दोलनको चेतावनीसहित लोसपाले बुझायो ज्ञापनपत्र

सम्बन्धित समाचार : अख्तियारद्वारा ऐन विपरीत अधिकृत भर्नाबारे छानबिन सुरु 

सम्बन्धित समाचार : तोकआदेशमा प्रशासकीय अधिकृतले गरे ऐनविपरीत कर्मचारी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस