पुँजीगत लाभ करमा कुनै परिवर्तन भएको छैन : राजस्व विभाग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुँजीगत लाभ करमा कुनै परिवर्तन भएको छैन : राजस्व विभाग


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। आन्तरिक राजस्व विभागले धितोपत्र कारोबार गर्नेलाई द्विविधामा नपर्न आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै हाल लगानीकर्ताले तिर्दै आएको पाँच प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर लाग्ने कानुनी व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ ।

आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित कारोबार गर्नेलाई छुट सुविधा ल्याइएको सूचनामा उल्लेख छ ।

“व्यवसायको रूपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविकबमोजमकै कानुनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन भएको छैन,” सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस