२५ हजार भूमिहीनलाई लालपुर्जा दिइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२५ हजार भूमिहीनलाई लालपुर्जा दिइने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् ।

उनले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए ।

अर्थमन्त्री महतले मालपोत र नापी सम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रदान हुने घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस