दाङमा जीपको ठक्करबाट एक जना कर्मचारीको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दाङमा जीपको ठक्करबाट एक जना कर्मचारीको मृत्यु


११ जेष्ठ २०८०, बिहिबार


दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ ज९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा७प ४२३७ नं. को स्कुटरलाई दङ्गीशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो । शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई विद्यालयमा जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस