सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूको शपथ पनि आजै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूको शपथ पनि आजै


६ जेष्ठ २०८०, शनिबार


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

काँग्रेस र माओवादी केन्द्रका नेताहरूको सहभागीमा मन्त्रिपरिषद् विस्तार भएको हो ।

काँग्रेसबाट पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ शनिवारै हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस