औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभ्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभ्ने तयारी 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागलाई गाभ्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

हाल औषधि व्यवस्था विभागले औषधिजन्य वस्तुको कारोबार नियमन गर्दै आएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुको आयात निर्यात अनुमति, गुणस्तर परीक्षण तथा खाद्य सम्बन्धी कानुन निर्माणको काम गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस