सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)का अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सीएसआर)को रकम खेलमा प्रयोग गर्नका लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छन् ।

अध्यक्ष चौधरीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँगको भेटवार्तामा सीएसआरको रकम प्रयोगमा ल्याउन र त्यसलाई खेल क्षेत्रमा प्रयोग गर्न सक्ने सकारात्मक प्रभावहरूको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष चौधरीले एनएसएलले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने माध्यम बन्दै नेपाली खेल क्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस