सांसदले प्रतिनिधि सभामा जिन्स र टिसर्ट लगाउन नपाउने निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सांसदले प्रतिनिधि सभामा जिन्स र टिसर्ट लगाउन नपाउने निर्णय


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ।

सभामुख, उपसभामुख, कानून मन्त्री सहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोसाक लगाउनुपर्ने निर्णय गरेको हो। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोसाकलाई छलफलको विषय बनाएका थिए। 

छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने र टिसर्ट र जिन्स लगाउन नमिल्ने निर्णय भएको हो।

नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोसाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताइन्। 

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोसाक अथवा परम्परा, संस्कृति झल्कने पोसाक लगाउने भनेर नियमावलीमा लेखिएको बताए। 

काँग्रेसकै सांसद नगिना यादवले सभ्य कपडा लगाउने निर्णय भएको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस