भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुस् : मेयर बालेन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नुस् : मेयर बालेन


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नु पर्ने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै यस्तो बताएका हुन् । उनले भ्रष्टाचार विरुद्ध भइरहेको आन्दोलनमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति विमति जनाएका छन् ।

यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन लाग्नुपर्ने उनको धारणा छ ।

उनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन कारबाही गर्नलाई हो, त्यसैले अब सिधै कारबाही गर्ने नीति बनाउनु पर्ने पनि बताएका छन् ।

उनले भनेका छन् , ‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नुस्। यस्तो सडक नाटक धेरै देखी सकियो हाम्ले । पत्याउँदिन म चाहिँ । तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस