भारतको कर्नाटक राज्यमा कंग्रेसलाई स्पष्ट बहुमत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतको कर्नाटक राज्यमा कंग्रेसलाई स्पष्ट बहुमत


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । भारतको कर्नाटक राज्यमा कंग्रेसले स्पष्ट बहुमत ल्याएको छ । दुई सय २४ सदस्यीय विधान सभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा कंग्रेसले एक सय १४ सिटमा जित हासिल गरिसकेको बीबीसी हिन्दीले जनाएको छ । अरु २२ सिटमा कंग्रेसको अग्रता रहेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले ५० ठाउँमा जित हासिल गरेको गरेको छ भने १४ सिटमा अग्रता छ । सत्तारुढ  भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा कंग्रेसलाई बधाई दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस