लिपुलेक लिम्पियाधुराबाट भारतले तत्काल सुरक्षाफौज हटाउनु पर्छ : बामदेव गौतम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लिपुलेक लिम्पियाधुराबाट भारतले तत्काल सुरक्षाफौज हटाउनु पर्छ : बामदेव गौतम


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । 

राष्ट्रिय सभाका सांसदसमेत रहेका नेता गौतमले भारतले नेपालका धेरै भूगोल मिचेको दाबी गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानूनले पनि सहयोग गर्ने बताए।

नेपालको सिङ्गो संसदमा सबै राजनीतिक दलहरूको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको विश्वलाई जानकारी भएको उल्लेख गर्दै गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए । 

गौतमले नेपाल कहिल्यै कसैको अधीनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भू-भागहरू फिर्ता लिएरै छोड्ने अडान दोहोर्‍याएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस