काठमाडौँ ल्याइयो हिमपातमा ज्यान गुमाएका माउन्टेन गाइडको शव  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ ल्याइयो हिमपातमा ज्यान गुमाएका माउन्टेन गाइडको शव 


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । धौलागिरि हिमालमा हिमपातमा परेर ज्यान गुमाएका माउन्टेन गाइडको शव काठमाडौँ ल्याइएको छ।

माउन्टेन गाइड रामबहादुर तामाङको शव शनिबार आधार शिविरबाट काठमाडौँ ल्याएको नेपाली सेनाले जनाएको छ। उनको शव सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले करिब पाँच हजार मिटरको उचाइमा फेला पारेका थिए। 

उनी गत असोज ५ गते धौलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर गएका थिए। असोज २० गते भएको भारी हिमपातमा परि हराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस