२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साल्पासिलिछोमा स्वास्थ्य एकाइ स्थापनाले स्थानीय दङ्ग

अ+ अ-

भोजपुर । भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न ६ याङमा र थुम्लुङ भन्ने स्थानमा ती इकाइ स्थापना गरेको हो । वडा नं ३ को ताल खर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । एकाइ स्थापना गरेर तीन स्थानबाट सेवा थालिएको छ ।

‘हाम्रो गाउँपालिका भौगोलिकरुपमा विकट छ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन नै मुस्किल छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालेका छौँ ।’ गाउँपालिकाबाट दरबन्दी सिर्जना गरेर प्रत्येक स्वास्थ्य एकाइमा एक(एक जना अहेव, अनमी र कार्यालय सहयोगी राखिने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

छ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरीय एक÷एक वटा स्वास्थ्य चौकी भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक सो एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । अन्य स्थानमा पनि स्थानीयको सहजताको लागि आवश्यकताको आधारमा स्वास्थ्य एकाइ स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।

‘गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ’, अध्यक्ष कुलुङले भने, ‘भौगोलिक रूपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिँड्नु पर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ ।’

स्वास्थ्य एकाइ स्थापनासँगै दुर्गमका नागरिकलाई सहज सेवा दिन समय समयमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा दिने गरेको अध्यक्ष कुलुङको भनाइ छ । निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधार लगायतको विकासमा योजनाबद्ध थालनी गरेको उनको भनाइ छ । ‘विविध समस्यालाई झेल्दै यहाँको बृहत्तर विकासमा जुटेका छौँ’, उनले भने, ‘योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएका छौँ । पाँच वर्षमा यहाँका नागरिकले केही न केही विकासको अनुभूति गर्न सकुन् भन्ने हाम्रो लक्ष्य छ ।’

गाउँपालिकाले नागरिकलाई सहजरुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्‍याउन भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन् । खास गरेर महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

‘हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘राज्यले दिएको सेवा सुविधा जनस्तरमा पुर्‍याउन लागि परेका छौँ ।’ यहाँका स्थानीयलाई सामान्य घाउचोटसँगै सिटामोल लिन पनि तीन घण्टादेखि एक दिनसम्म लाग्छ । सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको वडा नं ६ याङमाका स्थानीय विर्खबहादुर राईले बताए ।

सामान्य बाहेकका अन्य उपचार लिनका लागि भोजपुर सदरमुकाम तथा सङ्खुवासभा जानुपर्ने बाध्यता छ । ‘स्वास्थ्य एकाइ स्थापनाले सहज भएको छ’, उनले भने, ‘हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ । वडामा रहेको स्वास्थ्य चौकी पुग्न नै तीनदेखि चार घण्टौँ लाग्छ ।’

स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल पाउन घण्ट धाउनुपर्ने अवस्थाको अन्त्य भएको वडा नं ३ तालखर्कका स्थानीय दिलकुमार राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उनको भनाइ छ । ‘लामो समयदेखि स्वास्थ्य सेवामा समस्या भोग्दै आएका थियौँ’, उनले भने, ‘अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालन भएको छ । यही स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी लागेको छ । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य छ ।’

सामान्य औषधि लिन समेत घण्टौँ पैदल हिँड्नुपर्दा अकालमा ज्यान जाने अवस्था रहेको वडा ६ थुम्लुङका स्थानीय हेमराज राईले बताए । बर्षात याम सुरु भएपछि यातायात सेवा पूर्णरुपमा बन्दा हुँदा झनै समस्या हुने गरेको उनको भनाइ छ । ‘थुम्लुङ क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ’, उनले भने, ‘वर्षौंबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था थिएन । यहाँबाट गाउँपालिका केन्द्र चौकी डाँडा पुग्न नै छदेखि सात घण्टासम्म लाग्छ । बर्षात सुरु भएपछि यातायात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्य उपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।’