पीडितलाई धम्की दिने मिटर व्याजीलाई जिप्रकाले गरायो सचेत    « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पीडितलाई धम्की दिने मिटर व्याजीलाई जिप्रकाले गरायो सचेत   


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रामेछापले मिटर व्याज पीडितलाई धम्की नदिन सचेत गराएको छ । 

आज एक सूचना जारी गर्दै मिटर व्याजीहरुले पीडितलाई डराउने, धम्काउने र हैरानी दिने गुनासो आएको भन्दै त्यस्तो नगर्न/नगराउन भनेको छ । 

हिजो (सोमबार) गृह मन्त्रालयले पीडीतहरुको गुनासो बढेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको थियो । सोही अनुरूप त्यसो भए गरेको पाइए कानूनी कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । 

मिटर व्याज (अनुचित लेनदेन) सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश वैशाख २० मा जारी भई सकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस