‘दुई–चार दिनमै सरकारले पूर्णता पाउँछ’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘दुई–चार दिनमै सरकारले पूर्णता पाउँछ’


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको दुई–चार दिनमै सरकारले पूर्णता पाउने बताएका छन्।

सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको पनि बताए। छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती सरकारलाई छ।

उनले भने, ‘अहिले परिस्थिति त्यस्तै बनिदियो र सुदूरपश्चिममा पनि ढिलाइ भइरहेको छ । सुदूरपश्चिम र यहाँ सँगैसँगै सरकारलाई पूर्णता दिने तयारी छ। दुई–चार दिन पर्खनुस् । मन्त्रालय थप्नेरनथप्ने सबै थाहा भइहाल्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस