श्री एअरको जहाज मर्मतमा खटिएका इन्जिनियरलाई ड्युटीबाट हटाइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्री एअरको जहाज मर्मतमा खटिएका इन्जिनियरलाई ड्युटीबाट हटाइयो


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई  ड्युटीबाट हटाएको छ ।

जहाजमा पटक-पटक समस्या देखिएपछि सोधपुछका लागि मर्मतमा संलग्न इन्जिनियरलाई ड्युटीबाट हटाइएको हो ।  

यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज सोमबार फेरि त्यही समस्या दोहोरिएको थियो ।

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो । जहाज अवतरण भए पनि पाङ्ग्रा लक हुँदा आधा घण्टासम्म धावनमार्गमै रोकिएको थियो । श्री एअरलाइन्सको जहाजका कारण अरू जहाजका उडान र अवतरण पनि प्रभावित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस