सन्दीपविरुद्धको मुद्दा स्थगित सूचिमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीपविरुद्धको मुद्दा स्थगित सूचिमा


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो । फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस