काँग्रेसका सुरेन्द्र आचार्य मन्त्रीमा नियुक्त, शपथ पनि आजै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसका सुरेन्द्र आचार्य मन्त्रीमा नियुक्त, शपथ पनि आजै


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् ।

काँग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त गरेका हुन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका जसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हाल्दै आएका थिए ।

मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस