सडक आश्रित मानवमुक्त नेपाल बनाउने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सडक आश्रित मानवमुक्त नेपाल बनाउने गृहमन्त्रीको प्रतिबद्धता


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।

शनिबार बिहान काठमाडौँको वनस्थलीमा रहेको मानव सेवा आश्रममा पुगेका गृहमन्त्रीसमेत रहेका श्रेष्ठले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्रीको भेट आजभोलि नै गराउने पनि बताएका छन् । 

उनले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात् गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे । मानवीय सेवा महान् सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस