भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ : सभामुख घिमिरे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ : सभामुख घिमिरे


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरूको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनेर उभौली पर्व मनाउने गरिन्छ । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य रूपमा मनाउने चलन छ । सन्देशमा भनिएको छ, ‘किराँत धर्मावलम्बीहरूको पवित्र एवं महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस