२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई घमण्ड नगर्न माधव नेपालको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकारमा पार्टीलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले एकलौटी गरेकोमा चित्त दुखेको बताएका हुन् ।

“कर्णाली प्रदेश सरकारको निर्माण गर्दा हाम्रो पार्टीलाई पुरै व्यवास्ता गरिएको छ । यस्तो कार्यप्रति हामी अत्यन्त धेरै दुःखी पनि छौँ,” उनले भने, “यस्ता कार्यको आलोचना मात्रै होइन, निन्दा पनि गर्न मन लाग्छ । म माओवादी पार्टी, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतालाई भन्न चाहन्छु, तपाईँहरूले एकलौटी गर्नुभएको छ हामीलाई स्वीकार्य छैन ।”

उनले यस्तै व्यवहार हुर्कँदै गए गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने बताए । आफूहरूमाथिको व्यवहार पीडा दिने खालको भइरहेको बताए । नेपालले दम्भ र घमण्डले रावण जन्माउने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई दम्भ नदेखाउन चेतावनी दिए ।

“दम्भ घमण्डले रावण जन्मायो । दम्भ र घमण्डले अर्को रावण नजन्माओस् । घमण्ड छोड्नुस् । समानताको व्यवहार गर्नुस् । मिलेर अघि बढ्नुस्,” उनले भने ।

उनले पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले, पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दम्भ देखाएको बताए । त्यसपछि फेरि ओलीले घमण्ड गर्दा सत्यनाश भएको बताए ।

“अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ,”उनले भने, “कम्युनिस्ट पार्टीको एकताको कुरा गर्दै आएका छौँ । यस्ता प्रवृत्ति कायम रहे मोर्चा, सोर्चा हावा खान्छ ।”

प्रतिक्रिया दिनुहोस