२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रमको खाका कोर्न विज्ञसँग सुझाव लिँदै गोरखाका स्थानीय तह

अ+ अ-

गोरखा । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिँदै गर्दा जिल्लाभित्रका स्थानीय तहले विषयगत विज्ञसँग छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्न थालेका छन् ।

पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम निर्माण गर्न विज्ञहरूसँग छलफल गरिसकेका छन् भने गोरखा नगरपालिकाले विज्ञ सम्मेलनका लागि तयारी गरिरहेको छ ।

उक्त नीति तथा कार्यक्रमलाई अझै कसरी जनमुखी र प्रभावकारी बनाउन सकिन्छ भनेर सबै पक्षसँग सुझाव लिन थालिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । काठमाडौँमा विज्ञहरूको भेला बोलाएर आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा कुन क्षेत्रलाई प्राथमिकता दिने र कस्तो खालको कार्यक्रम ल्याउँदा विकास र सम्बृद्धिलाई तीव्र गतिमा अगाडि लैजान सकिन्छ भनेर सुझाव सङ्कलन गरिएको उनको भनाइ थियो ।

‘नीति तथा कार्यक्रमलाई सकेसम्म जनमुखी र प्रगतिशील बनाउनुपर्छ भन्ने हाम्रो सोच रहेको छ,’ अध्यक्ष बन्जराले भने, ‘त्यसका लागि विषयगत विज्ञहरूको सुझाव लिँदा उपयुक्त हुन्छ भन्ने लागेर काठमाडौँमा विज्ञहरू भेला गरी सुझाव सङ्कलन गरेका हौँ थुप्रै राम्रा सुझावहरू आएका छन् त्यसलाई गहनरुपले अध्ययन गरेर सम्भावित र प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’

छलफलका क्रममा विज्ञबाट नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा प्राथमिकता दिएर कार्यक्रम निर्माण गर्न सुझाव आएको उल्लेख गर्दै अध्यक्ष बन्जराले अझै वडा–वडाबाट पालिकावासीसँगसमेत सुझाव लिएर आगामी आर्थिक वर्षमा थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने तयारीमा गाउँपालिका रहेको बताए ।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले विज्ञहरूसँग छलफल गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि नगरपालिकाभित्र रहेको थुप्रै सम्भावनाबारे खोजी गरिएको छ भने ।

छलफलमा सहभागी विज्ञहरूको भूगोलको अवस्था हेरेर कहाँ के गर्न सकिन्छ भन्ने टुङ्गो लगाएर मात्र जग्गा वर्गीकरणको थालनी गर्नु उपयुक्त हुने सुझावसमेत आएको उनको भनाए थियो । विज्ञहरूबाट किसानलाई व्यावसायिक कृषि पेसामा प्रेरित गर्ने कार्यक्रम ल्याउन तथा स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पुर्‍याउन सक्ने खालका कार्यक्रम निर्माण गर्न सुझाव दिइएकाले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै लैजाने नगरप्रमुख चिन्तनले बताए ।

धार्चे गाउँपालिकाले पनि नीति तथा कार्यक्रम निर्माणका लागि विज्ञसहित काठमाडौँमा बस्दै रहेका धार्चेवासीसँग राय सुझाव सङ्कलन गरेको गाउँपालिकाको उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए ।

धार्चेको विकासको सम्भावनाको खोजी गर्न र आगामी आर्थिक वर्षको कार्यक्रममा समेट्नुपर्नेमा सुझाव लिइएको उनले बताए ।

त्यस्तै हाइड्रोपावरको विकास पनि धार्चेको आर्थिक सम्बृद्धिको एउटा सम्भावना भएकाले त्यसतर्फ जोडिनुपर्नेमा विज्ञहरूको सुझाव थियो।

गोरखा नगरपालिकाले पनि नीति तथा कार्यक्रम निर्माणका लागि विज्ञ सम्मेलन गर्ने लागि तयारी गरिरहेको नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए । प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।