काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता हात पार्न सफल भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका वृत्या अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन्।
८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले आउट गरेका हुन्। यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए।