चितवन-२ मा सर्वदलीय बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवन-२ मा सर्वदलीय बैठक जारी


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा सर्वदलीय/सर्वपक्षीय बैठक जारी छ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना सुरु गर्नका लागि आज बिहान ९ बजेदेखि बैठक बसिरहेको हो ।

चितवन-२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले बैठक अझै जारी रहेको जानकारी दिए ।

आज बिहान ८ बजेका लागि नै बोलाइए पनि दलका प्रतिनिधि उपस्थित नहुँदा एक घण्टा ढिलो बैठक सुरु भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिताविरुद्धको उजुरीमा सुनुवाइ नगरेको भन्दै नेपाली काँग्रेसको विमति जनाएको थियो ।

काँग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रजिअको जवाफपछि मात्र आफूहरू मतगणनाका लागि तयार हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस