पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारीले शुक्रबार राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनको प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए ।  

राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको  छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस