निर्माणको काम सुस्त भएपछि ठेकेदारको गाडी मेयरको नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्माणको काम सुस्त भएपछि ठेकेदारको गाडी मेयरको नियन्त्रणमा


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयरले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै  मेयर हेमकर्ण पौडेलले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् ।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

विराटनगर–धरान सडक खण्ड अन्तर्गत हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको तरहरादेखि धरानको सेउतीसम्मकव् सडक निर्माण सुस्त छ ।

मेयर पौडेलले पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेपछि एउटा सवारी रोकिएको बताए । ठेकेदारले तीन दिन भित्र काम द्रुत गतिमा सञ्चालन गर्न लिखित प्रतिबद्धताका लागि नआए थप प्रक्रिया अगाडि बढाउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस