उपसचिव ढुङ्गानाले पाए सफाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसचिव ढुङ्गानाले पाए सफाई


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाले सफाई पाएका छन् । भ्रष्टाचार मुद्दा लागेको उपसचिव ढुङ्गानाले विशेष अदालतबाट सफाई पाएका हुन् । न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनलाई पूर्ण सफाई दिएको हो । 

०७६ पुस १८ म सार्वजनिक सेवाको पदमा बहाल रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

सेवामा प्रवेश गरेको २०४९ सालदेखि २०७५ सालसम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ रुपैयाँ हुने तर ढुङ्गानाले सोही अवधिमा गरेको खर्च तथा लगानी पाँच करोड ४८ लाख रुपैयाँ अस्वाभाविक देखिएको आयोगले दाबी गरेको थियो । 

ढुङ्गानाले गरेको खर्च तथा लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार रुपैयाँको स्रोत नखुलेको आयोगले आरोप पत्रमा उल्लेख गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस