धुवाँ आउने गरी सेकुवा पोल्न काठमाडौँ महानगरले लगायो रोक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

धुवाँ आउने गरी सेकुवा पोल्न काठमाडौँ महानगरले लगायो रोक


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । 

पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले रोक लगाउन सुरु गरेको हो ।

महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरूमा पनि गुनासो समेत आउन थालेपछि रोक लगाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए।

पाण्डेका अनुसार सेकुवा पसलेले अरूलाई असर पर्नेगरी धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने तयारी महानगरको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस