ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणका खेलहरू सुरु हुँदैछ।

शुक्रबार लिगको ११ चरणको सुरुआती दुई खेलहरू हुँदैछ । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ ।

एनआरटी तेस्रो तथा एपीएफ पाँचौं जितको खोजीमा हुनेछ । एनआरटी १० अंकका साथ ११ औं स्थानमा रहँदा एपीएफ १४ अङ्क जोडेर आठौं स्थानमा छ ।

यसैगरी, शुक्रबार दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

पुलिस दोस्रो तथा आर्मी पाँचौं जितको खोजीमा हुनेछ । पुलिस ५ अंकका साथ पुछारमा रहेको छ भने १५ अङ्क जोडेको आर्मी तालिकाको चौथो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस