काठमाडौँ । नेपाल वायुसेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन अनुरोध गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कोरानाकालको ब्याज छुट गरिदिन अनुरोध गरेको हो ।
निगमले बिहीबार एक विज्ञप्ति मार्फत कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।
हालसम्म ऋणबापत २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाउँदै किस्ताको सङ्ख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि आग्रह गरेको छ ।
