काठमाडौँ । मधेस प्रदेश सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको रास्वपा सांसद मनिष झाले बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकार बारा क्षेत्र नम्बर २ निर्वाचनमा जान थालेको भन्दै उनले निर्वाचनका कारण मुख्यमन्त्री पनि नभेटिने अवस्था रहेको बताए ।