कर्मचारीलाई पर्याप्त सेवा सुविधा दिन सकिएको छैन : सभामुख  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीलाई पर्याप्त सेवा सुविधा दिन सकिएको छैन : सभामुख 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले कर्मचारीहरूको सेवा सुविधाका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसद सचिवालयका कर्मचारीको सेवा सुविधाका लागि प्रयत्न गर्ने बताएका हुन् ।

सभामुख घिमिरेले संसद् सेवामा विगतमा धेरै आकर्षण रहेको तर, अहिले कमी आएको आफूले देखेको बताएका छन् ।

उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रका कारण कर्मचारीलाई सेवा सुविधा पर्याप्त दिन सकिएको छैन । आगामी वर्ष सेवा सुविधाका लागि प्रयत्न हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस